काठमाडौं । निर्वाचन आयोग नेपालले आजैबाट स्थानीय निर्वाचनको आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।
सो विषयमा जानकारी दिन आयोगले साँझ ५ बजेका लागि पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । त्यससँगै आयोगले तयारीलाई तीव्र पारेको छ । सो क्रममा पत्रकार सम्मेलन गरी आयोगले आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया