भृकुटीमण्डपमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन, सामानमा ८० प्रतिशतसम्म छुट

लोकपथ
217
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन भइरहेको छ । चैत्र २३ देखि २७ गतेसम्म सञ्चालन हुने स्टक स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ ।

कोरोनाका कारण बिक्री नभएका र बाँकी रहेका पुराना सामान र नयाँ सामानहरु मेलामा राखिएको छ । मेलामा नेपाल, चीन, भारत, थाइल्याण्ड, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तुहरु राखिएको छ । मेलामा व्यापारीहरुले बिक्री नभएका सामानहरु सहुलियतमा बेच्ने र ग्राहकहरुले सहुलियत दरमा किन्न पाइने मेला व्यवस्थापक अनिल श्रेष्ठ बाताउँछन् । उनले मेलामा बिक्री नभएका सामानहरु र नयाँ उत्पादित सामानहरु रहेको र विशेष छुटमा बिक्री भइरहेको जानकारी दिए । मेलामा न्युनतम १० देखि ८० प्रतिशत छुटमा सामानहरुको बिक्री भइरहेको पनि उनले बताए ।

उनले भने, ‘यसमा नयाँ उत्पादन पनि हुन्छ र धेरैजसो स्टकका सामानहरु हुन्छन् । यो सामानलाई व्यापारीहरुले बेच्ने र ग्राहकहरुले सस्तोमा लिने मेला हो । मेलामा हरेक सामानको हेरेर १० देखि ८० प्रतिशतसम्म छुट पाइन्छ । यमा विभिन्न देश थाइल्याण्ड, चनि, भारत, पाकिस्तान, नेपाली उत्पादनहरु रहेका छन् ।’

त्यस्तै मेलामा रहेका व्यापारी अनिशा लिम्बूले ग्राहकहरुलाई विशेष छुट दिएर कोरोनाकालमा बिक्री हुन नसकेका सामानहरु बेचिरहेको र मेलामा आउनेको संख्या उल्लेख्य रहेको बताइन्। उनले मेलामा चीन र भारत, नेपालका गमलाहरु मेलामा राखेकी छिन् ।

त्यस्तै अर्की व्यापारी रजनी महर्जन कोरानाका कारण दुई वर्षदेखि व्यापारहरु बन्द भएपनि अब बिस्तारै बजार सञ्चालन भएकोमा खुशी लागेको बताए । उनले मेलाले व्यापारी र ग्राहकको सम्बन्धलाई जोड्ने काम गरेको बताउँदै आफ्नो स्टलमा रहेका सामानहरु ५० प्रतिशत छुटमा दिएको बताए ।

त्यस्तै व्यापारी राममाया गुरुङले अहिले मेलामा भीर महको व्यापार गरिरहेकी छिन् ।उनले भीर मह म्याग्दीबाट आफैँले बनाउने गरेको र अग्र्यानिक भएको बताइन् । उनले भनिन्, ‘भीरमह हाम्रो म्याग्दीबाट जम्मा गरेर बेच्ने गरेका छौँ । पोखरामा पनि बेच्ने गरेका छौँ ।’

चैत्र २३ गतेबाट सुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना सामग्रीहरु सस्तो र सुलभ दरमा विशेष छुटसहति ग्राहकहरुलाई बिक्री गरिएको आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?