यसकारण रोकियो गच्छदारको कांग्रेस प्रवेश, अब कहिले होलान् दुई पार्टी एक ?

काठमाडौं, २७ असोज— फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् ।फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् ।केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिए हुन् । सोहीअनुसार गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी तालमेल गर्ने भन्ने दुई विकल्पमा पार्टीका नेताहरू आन्तरिक छलफल गरेका हुन् ।यसैगरी उनले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि वार्ता तिब्र परेका छन् । फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले चुनावअघि कांग्रेससँग एकीकरण गर्न आफूले अध्यक्षलाई सल्लाह दिएको बताए ।पार्टी एकीकरण वा तालमेल के गर्ने भन्नेबारे पार्टीले केहि दिनभित्रै  एउटा निर्णय गर्नेछ । फोरम लोकतान्त्रिकभित्रकै केही नेता भने चुनावअघि कांग्रेससँग एकीकरण गर्ने भए आफूहरू गच्छदारसँगै कांग्रेसमा नजाने पक्षमा छन् ।शिवराम थापा, जितेन्द्र देव, यशोदा लामालगायतका नेता एकीकरणकोे विपक्षमा रहेका हुन् । रामजनम चौधरी, गीता राना, बाबुराम पोखरेल, सुबोध पोखरेललगायतका नेताहरू भने चुनावअघि नै कांग्रेससँग एकीकरण गर्नुपर्ने पक्षमा छन् । चुनावअघि पार्टी एकीकरण गरेमा पार्टीको बार्गेनिङ पावर बढ्ने उनीहरूको तर्क छ ।यसो त केहि दिनअघि नै गच्छदारले पार्टी एकीकरण गर्ने गोप्य तयारी गरेका थिए । तर, कांग्रेस नेता विमलेन्द्र निधिले आन्तरिक स्वार्थका कारण  माहोल विग्रिएपछि अन्तिम समयमा  एकता कार्यक्रम भांडिएको थियो  । प्रधानमन्त्री स्रोतले गत सोमबार  एकीकरणको समय  नै  तोकेर मिडियामा समेत खबर गरिसकेको भएपनि निधिकै कारण एकता भाँडिन पुगेको नेताहरु नेताहरु बताउँछन् ।पार्टीभित्र निधि उपसभापति बन्ने होडमा रहेका छन् । गच्छदार पनि सोहि पद पाउने सहमतिसहित कांग्रेस प्रवेश गर्न लागेपछि निधि बाधक बनेको कांग्रेस नेताहरु बताउँछन् ।यद्यपी एकताका लागि थप छलफल चलिरहेकाले चुनावअघि नै सबै भागबण्डा मिलाएर एकता गरिने बताइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?