नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ

लोकपथ
896
Shares

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले ले शपथ ग्रहण गरेका छन् ।

बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

अधिवक्ता बन्दीलाई आजै सरकारको सिफारिमा राष्ट्रपतिले मन्त्रीमा नियुक्त गरेकी हुन् । गैरसांसद रहेको नवनियुक्त मन्त्री बन्दीले आजै कार्यभार सम्हाल्ने बताइएको छ ।

त्यसैगरी हालसम्म कानुनमन्त्रीको रुपमा रहेका दिलेन्द्र बडूको मन्त्रालय फेरिएको छ । बडूलाई ६ महिनादेखि खाली रहेको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?