नुवाकोट । केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससहितका सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले आगामी स्थानीय तहको निर्वाचनमा देशैभर तालमेल गरेर जाने निर्णय गरेका छन् । त्यससँगै गठबन्धनमा आवद्ध दलहरुले वडा, नगरदेखि जिल्ला तहमा छलफललाई तिव्रता दिइरहेका छन् ।
सो क्रममा नुवाकोटमा पनि आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानेबारे निर्णय भएको छ । केही दिन अघि जिल्ला तहमा गठबन्धनमा आवद्ध दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेसँगै पालिका स्तरमा पनि गठबन्धन गरेर जानेबारे छलफल भइरहेको छ । यसैबीच जिल्लाको पहिलो नगरपालिका विदुरमा गठबन्धनमा आबद्ध दलहरु आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ ।
बिहीबार बसेको गठबन्धनमा आबद्ध दलको बैठकले सो निर्णय गरेको हो ।
नेपाली कांग्रेस विदुरका नगरसभापति हरिलाल श्रेष्ठ, माओवादी केन्द्र नगर इन्चार्ज रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् सदस्य सुर्य कंडेल र जनता समाजवादी नगर संयोजक राम सुर्खेतीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
‘संघीय सरकारमा संलग्न गठबन्धन दलहरुको केन्द्रीय निर्णयानुसार विदुर नगरपालिकामा उपलब्ध गठबन्धन दलहरुको विदुर नगरपालिका संयन्त्रको आज मिति २०७८ चैत्र २४ गते नेपाली कांग्रेस विदुर नगरसभापति हरिलाल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले यस विदुर नगरपालिकामा आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरियो ।’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया