काठमाडौं । आज दिउँसो कालिमाटी सोल्टीमोडमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी बृत्त कालिमाटीका अनुसार, कालिमाटीबाट कलंकी जादै गरेको ना ७ ख ९४७५ को ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको हो ।
मोटरसाइकल चालक अनुजाका दाजु २० वर्षीय अनुज घाइते भएका छन् । चितवन नारायणघाट घर हाल अध्ययनको सीलसीलामा काठमाडौं बस्दै आएका दाजु वहिनी सवार मोटरसाइकल एक्कासी ट्रिपरको मुनि छिरेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार, मोटरसाइकल ढुङ्गा र रोडालोड गरिएको ट्रिपरको अगाडि भागमा नै परेको थियो । दुर्घटनाबाट सख्त घाइते भएकी अनुजाको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनका मोटरसाइकल चालक दाजु अनुजलाई भने सामान्य चोट लागेको जानकारी प्रहरीले दिएको हो । दुर्घटनामा संलग्न ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो ट्रिपरले धादिङ नौविसेस्थित एक सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोक्ने गरेको बताइएको छ । तर, ट्रिपर चालकले भने मोटरसाइकल अनियन्त्रित भइ आफै आएर ट्रिपरमा ठोक्किएको बयान दिएका छन् ।
सरकारले आगामी साउन १ गतेबाट ट्रिपरलाई राति आठवजेदेखि विहान पाँचवजेसम्म मात्र उपत्यकामा गुड्न पाउने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयन नहुनु अगाडि नै ट्रिपरका कारण सवारी दुर्घटना बढ्नुका साथै सर्वसाधारणमा ट्रिपर आतङक मच्चिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया