कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त, २ बजे शपथ

लोकपथ
651
Shares

काठमाडौं । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम छ । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्रीपद गुम्नेछ ।

त्यससँगै हाल कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?