काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सत्यको पक्षमा उभिएकाहरुको टाउको नगन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दै गोविन्द केसी जोगी हुन् ।
डाक्टर केसी जुम्लामा अनशनमा छन् । सरकारले उनको मागलाई नजरअन्दाज गर्दै आएको छ। त्यसको विरोधमा मण्डलामा आयोजित कार्यक्रममा थापा पनि सहभागी भएका थिए । प्रदर्शनपछि वानेश्वरमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले आफू चेतावनी दिन नभई प्रधानमन्त्रीलाई आग्रह गर्न उभिएको बताए ।
संसदमा कतिपयले डा। केसी को हो भनेको सुनाउँदै उनले भने, ‘डा। गोविन्द केसी जोगी हुन्, फकिर हुन्, जो हामी र हाम्रा सन्ततीका लागि लडिरहेका छन् ।’
कतिपयले उनलाई कहिले कांग्रेस त कहिले विवेकशील साझा भन्ने गरेको भन्दै थापाले पार्टीको झण्डामुनी नभएका व्यक्तिहरु मध्ये डा। केसी एक भएको बताए ।
जुम्लामा अनसनरत डा. केसीले माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक आउनु पर्ने भनेको भन्दै उनले त्यो पुरा नहुँदासम्म उनलाई कसैले हल्लाउन नसक्ने बताए ।
तर, उनको स्वास्थ्य गम्भीर रहेको भन्दै कांग्रेस संसाद थापाले भने, ‘यदि सरकारले जिद्दी गरेर बस्यो र उनको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्री मात्र होइन, सिंगो नेपाल अपराधबाट मुक्त हुन सक्दैन ।’
ताप्लेजुङ, दार्चुलाका सांसदहरुले समेत काठमाडौंमा मेडिकल कलेज खोल्न पाउनुपर्छ भनेको सुनाउँदै उनले यसले आफ्नो जिल्लामा डाक्टर जाँदैनन् भन्ने नर्बिसन आग्रह गरे ।
सरकारले ल्याएको विधेयक पास गर्ने हो भने थप २० वटा मेडिकल कलेज काठमाडौंमै खुल्ने र विशेषज्ञ डाक्टरहरु काठमाडौं छाडेर जिल्ला नजाने उनको तर्क छ ।
काठमाडौं ४ का सांसद थापाले अघि भने, ‘भो पुग्यो, काठमाडौंमा थप मेडिकल कलेज चाहिँदैन ।’
उपचार गर्न बंगलादेश कि नगाएको ?
प्रधानमन्त्रीले समेत नेपाललाई मेडिकल हब बनाउनुपर्छ भनेको स्मरण गर्दै सांसद थापाले प्रश्न गरेः हामी उपचार गर्न बैंकक जान्छौं । बंगलादेश किन नगएको ?’
बंगलादेशमा थुप्रै मेडिकल कलेज खोलेपनि गुणस्तर नभएका कारण डाक्टर देखेर डराउनुपर्ने अवस्था रहेको भन्दै उनले नेपालमा पनि त्यस्तो नहोस् भनेर सचेत गराए । उनले अघि भने, ‘यो पानी जहाज जस्तो होइन प्रधानमन्त्री ज्यू ’
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले गुणस्तर कायम गर्न नसकेका दिन नेपालीहरु घरबारी बेचेर उपचारकै लागि भारत जाने दिन आउन सक्नेतर्फ समेत गराए ।
वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा आज राजधानीमा प्रदर्शन भएको छ। सरकारले साउन १ गतेदेखि निषेधित भनेर तोकेको माइतीघर मण्डालामा ठूलो संख्यामा उपस्थितहरुले उनको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया