बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । किशोरी बलात्कारको अभियोग लागेका शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत तनहुँले पनि उनलाई पुर्पक्षमै पठाएको थियो ।
न्यायाधीश अर्जुन अधिकारीको इजलासको आदेशअनुसार शाहलाई तनहुँमै थुनामा राख्न आदेश भएको छ । उनलाई आदेशसँगै तनहुँ नै पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया