आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
231
Shares

१. अहिलेको पाँचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, गठबन्धन कुहिसकेकाले अब छिटै टुट्ने दाबी

२. अब देशैभर लालपुर्जा वितरणको कामले तीव्रता पाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन, दलित सुकुमबासी मात्रै नभएर सुकुमबासी समस्या समाधान हुने दाबी ।

३ ‘जलस्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनुपर्नेमा ऊर्जामन्त्री पम्फा भुसालको जोड, जलस्रोत व्यवस्थापनमा धेरै चुनौतीहरू रहेकाले यसको व्यवस्थापन गर्नु नै आजको आवश्यकता भएको उल्लेख ।

४. बजेटमा सहकारी क्षेत्रले प्राथमिकता पाउने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, सबैको सुझाव संकलन गरेर बजेटमा सम्बोधनको प्रयास गरिने जानकारी ।

५. मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा नपुग्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको दाबी, स्वदेशमा उत्पादित वस्तुहरूको उपभोग नगरेसम्म रोजगारी सिर्जना र आर्थिक समृद्धि हुन नसक्ने भनाइ

६. कविता सुनुवारको हत्यामा संलग्नहरूलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने परिवारको अडान, हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग अवरुद्ध ।

७. नेपालबाट भारतले थप ३ सय २५ मेगावाट बिजुली खरिद गर्ने, प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएको छलफलपछि बिजुली खरिद गर्न भारतले दियो अनुमति ।

८. ‘नेपालका राजनीतिक पार्टीहरू देशको रक्षाभन्दा पनि भाषणका लागि खुलेका एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको आरोप, जनताले एमालेलाई नै रोज्ने दाबी ।

९ पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशन, मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने प्रतिक्रिया ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ८ सय ७ परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, ५७ जना कोरोना संक्रमणमुक्त, संक्रिय संक्रमितको संख्या ७ सय ६५ मा झ¥यो ।

११. साल्ट ट्रेडिङ कर्पाेरेनसनद्वारा नेसनल सिम्पोजियम अन मेजर एग्रीकल्चरल इनपुट, सप्लाइ, प्रोभिन्सियल एग्रीकल्चरल प्रोग्राम एन्ड सबसिडी मेकानिजम इन नेपाल’ संगोष्ठीको उद्घाटन, कार्यक्रम तीन दिनसम्म चल्ने ।

१२. चीनमा कोरोना संक्रमण फेरि फैलियो, पछिल्लो २४ घण्टामा मात्रै थप २० हजार जनामा संक्रमण पुष्टि, सांघाइमा लकडाउनको घोषणा ।

१३. रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गरेको युक्रेनका राष्ट्रपतिको आरोप, बुचा सहरको सडकमा लडिरहेका शवहरूको भयानक तस्बिरहरूको विश्वव्यापी निन्दा ।

१४. राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव विवादमा सर्वाेच्च अदालतद्वारा रमेशकुमार सिलवालको रिट निवेदन खारेज, सदस्यसचिवमा अब टंकलाल घिसिङको निरन्तरता।

१५. र, इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकता नाइट राइडरर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै, कोलकता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा मैदान उत्रँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?