पोखरा महानगरका अधिकृत पौडेलको शव भीमादमा भेटियो

पोखरा । असार ९ गतेदेखि हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित भीमाद –६ सेती नदी किनारमा भेटिएको छ ।  

पौडेलको शव शनिबार बिहान २१ दिनपछि सेती नदी किनारमा फुलेको र लगेको अवस्थामा फेला परेको हो ।

भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्री अनुसार आज बिहान ६ बजेतिर भीमाद सेती नदी किनारमा शव भेटिएको हो । उनले भने आफन्त तथा परिवारले शवको पहिचान गरेका छन् ।

पौडेलको शव भेटिएको खबर पाउना साथ परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले शवको पहिचान गरेको सई क्षेत्रीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?