गठबन्धन निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी

लोकपथ
308
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा स्थानीय निर्वाचनमा तालमेलबारे थप रणनीतिको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

बैठकमा कांग्रेस वरिष्ठ नेता एवं समिति संयोजक रामचन्द्र पौडेलसहित अन्य १० जना सदस्यहरु रहेका छन् ।

मंगलबार बसेको गठबन्धनको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरिएको थियो ।

उक्त समितिले देशभर तालमेलको अवस्थाबारे अध्ययन अनुसन्धान गर्नेछन् । उक्त समितिमा कांग्रेसबाट संयोजकसहित ३ जना, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीबाट २÷२ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?