ओखलढुंगामा पहिरो खसेर खोला थुनिदाँ तामाङ बस्तिका १४ घर जोखिममा

ओखलढुंगा । सुनकोशी गाउँपालिका ९ स्थित कटुञ्जे ककनीस्थित वैशाखे खोलामा पहिरो खस्दा खोला थुनिएको छ । 

खोलामा पहाड खसेर थुप्रियएपछि खोला थुनिएको हो । खोला थुनिएपछि सुनकोशी गाउँपालिका ९ स्थित तामाङ बस्तीका १४ घर जोखिममा परेको छ । 

निरन्तरको वर्षाका कारण गाँउमाथिबाट जोराल डाडाँ पहाड खसेर खोलामा थुप्रिदा उक्त क्षेत्रका १४ घर परिवार जोखिममा परेका हुन् ।

खोलाले स्थानियको सयौँ रोपनी जमिन कटान गर्नुका साथै पहिरो समेत नित्याएको स्थानीय कर्णबहादुर तामाङले बताए । 

१४ घर स्थानिय मध्ये केहीको शौचालय तथा कटेरा समेत बगाएको छ । हाल उक्त क्षेत्रमा गाँउमाथिबाट नवलपुरघाट दुधकुण्ड सडकको ट्रयाक खनिदै छ । त्यहाँ पनि माथिबाट ट्रयाक खनिएकाले पहिरो बगेर खोला थुनिदाँ उक्त खोला गाउँ पसेको उनको भनाई छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?