दुई वटा प्रतिवेदन छलफलका लागि समितिमा पठाइयो

लोकपथ
0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा दुई वटा प्रतिवेदनमा छलफलका लागि पठाइएको छ ।

प्रदेश सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा पेश भएको मुख्य न्यायधिवक्ताको कार्यालयद्वारा प्रकाशित आर्थिक वर्ष २०७६÷०७७ को मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन’ र प्रदेश लोक सेवा आयोगद्वारा प्रकाशित २०७७ साल चैतदेखि २०७८ असारसम्मको ॅप्रथम वार्षिक प्रतिवेदन’ समितिमा पठाइएको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सभामा पेश गरेको प्रतिवेदनलाई सभामुख थापाले अध्ययन र छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइने व्यहोरा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?