मोरङ । प्रहरीले सुनसरीबाट नियन्त्रित लागूऔषध नाइट्रोसनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय धनकुमार राई र २२ वर्षीय रोशन श्रेष्ठ रहेका छन् । प्रहरीले नियन्त्रित लागूऔषध नाइट्रोसन ५ सय थान सहित शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ को.१प ५६५८ नम्बरको मोटरसाइकलमा आँउदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१५ स्थित ३ नम्बर ढाँट छेउमा प्रहरीले चेक गर्दा शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया