काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् ।
बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताएका हुन् । उनले हामीले स्वदेशमा उत्पादित वस्तुहरुको जबसम्म उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने बताए । उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताए । उनले भने,‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने , राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिदैन। त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक सर्मद्धि हुँदैन । कोरोना महामारीले हामीलाई धेरै कुराहरु सिकाएको छ । महामारीको अवस्थामा पनि बाच्न सक्ने अवस्था बनाएको थियो । त्यो सिकाईलाई पूँजीमा लगानी गर्नू पर्छ । अहिले विदेश आउने रेमिट्यान्स कम भएको अवस्था छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले विलासिताका वस्तु आयातमा रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति करिव ७ महिनालाई धान्ने अवस्थामा रहेकाले अर्थतन्त्रको विषयमा प्यानिक हुने अवस्था छैनौं भन्ने लाग्छ । तर हामीले यसो भन्दै गर्दा स्वदेशी उत्पादनलाई र अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न सक्यो भने अहिलेका चुनौती पूर्ण अर्थतन्त्रको सामना गर्न सक्छौं । श्रीलंकाको जस्तो अवस्था जस्तो हुन्छ भन्ने लाग्दैन । अर्थतन्त्र सुधार गर्न खालका काम गर्न नीजी क्षेत्रलाई आग्रह गर्दछु ।’
त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरे । उपाध्यक्ष ढकालले बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताए । उनले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गरे ।
उनले भने,‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यवसायीक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।’
त्यस्तै पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भिर नभएको आरोप लगाएका छन् । उनले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाए । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताए । उनले उद्योगी व्यवसायीको खस्केको मनोवल कसरी बढाउने भन्ने विषयमा सरकार गम्भिर नभएको आरोप लगाए । पूर्वराज्य मन्त्री दुगडले सरकारले निजी क्षेत्रलाई हेपेर अपराधिको जस्तो व्यवहार गरेको बताए ।
उनले भने, ‘अहिलेको अवस्थामा नीजी क्षेत्र व्याकुल भएका छन् । मुलुकको अर्थतन्त्रको अवस्था देखेर नीजी क्षेत्र चिन्तामा रहेको छ । अहिलको गठबन्धन सरकारले अहिलेको अवस्थामा नीजी क्षेत्रका कुनै पनि संस्थाहरुसँग छलफल गर्न समेत सकेको छैन । प्रतिपक्षसँग कुनै छलफल समेत गर्ने कुरा सोचेको छैन । उद्योगी व्यवसायीहरु र पतिपक्षहरुसँग छलफल गरे मात्रै पनि समस्याको समाधान खोज्न सक्छौं । उद्योगी व्यवसायीहरुको मनोवल खस्किएको अवस्था छ । उद्योगी व्यवसायीको मनोवल कसरी बढाउने भन्ने विषयमा सरकार गम्भिर भएको छैन । यता बजारमा तरलताको अभाव छ । सरकार यहि गतिमा जाने हो मुलुकको अर्थतन्त्र समाप्त हुन सक्ने अवस्था पुग्ने देखिन्छ । तर अव नीजि क्षेत्रले अर्थतन्त्र समाप्त दिन नहुँदैन् । सरकारले नीजि क्षेत्रलाई हेपेर बसेको छ । निजी क्षेत्रलाई काम गर्न दिइर्दैन मनोवल तोड्ने काम गरिन्छ । व्यवसायीहरुलाई सरकारले अपराधिको रुपमा हेरको छ । उद्योगी व्यवसायीहरुले सानो गल्ति ग¥यो भने व्यवसाय उद्योग नै बन्द गराउने तथा सरकारका मन्त्रीहरु होटलहरु बन्द गराएर हिरो भएर हिड्ने गरेका छन ।’
पूर्वराज्य मन्त्री दुगडले उद्योगी व्यवसायीहरुले सानो गल्ति गर्दा समेत सरकारले उद्योग बन्दै मन्त्रीहरु हिरो बन्ने काम गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया