बेलायतको एक क्रिकेट क्लबमा नेपालीले प्रशिक्षकको रुपमा नियुक्ति पाएका छन् ।
योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले मंगलवार एक विज्ञप्ति जारी गर्दै ३२ वर्षिया आकाश रावललाई अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्ती गरेको घोषणा गरेको हो ।
डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्याङकिङमा रहेको छ ।
नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् ।
उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट योङ प्लेयर अफ दी इयरको टाइटल जितेका थिए ।
उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए ।
उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया