ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

लोकपथ
49
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउन्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५० पुगेको छ।

उक्त अवसरमा अध्यक्ष गुरुङले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे। उनले बैंकलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेकोसमेत बताए।

त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताए।

वडाअध्यक्ष तुलबहादुर घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका ६, ७, ८ र ९ वडा तथा बेसीसहर नगरपालिकाका केही वडाका बासिन्दा बैंकिङ सेवाबाट लाभान्वित हुने बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधि, व्यवसायी र स्थानीय बासिन्दाको उपस्थिति थियो।

बैंकले मुलुकभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?