काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि फुजेल हत्याकाण्डकी पीडित गंगामाया अधिकारीले शुक्रवार दिउँसोबाट आमरण अनसन आंशिक रुपमा स्थगित गरेकी छन् ।
जेठ १५ गतेदेखि आमरण अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन ।
अनसन तोड्न अघि गंगामायालाई सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र बुझाएका थिए ।
सरकारका तर्फबाट मन्त्रीले बुझाएको पत्रमा विक्रम सम्वत २०७२ असोजमा गरिएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ ।
त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने कुरा पनि सो पत्रमा उल्लेख छ ।
‘गंगामायाले सहमति कार्यान्वयनका लागि १० दिन कुर्ने बताएकी छिन । १० दिनसम्म केही प्रगति भएन भने फेरि अनसन बस्ने उनले अधिकारकर्मीलाई बताएकी हुन ।
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै गंगामायाले धेरैलामो समयदेखि अनसन शुरु गरेकी थिइन ।
आमरण अनसनका कारण उनको स्वास्थ्य कमजोर बन्दै गएपछि सरकारले वीर अस्पतालमा उपचार गराएको थियो ।
तर उनले अस्पतालमा नै आन्दोलन स्वरुप अनसन शुरु गरेकी थिइन । अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको यस अघि निधन भइसकेको छ ।
तत्कालिन नेकपा माओवादीले उहाँको एक छोराको हत्या र अर्को छोरा नुरप्रसाद वेपत्ता बनाइ दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया