काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री चीन र म्यानमारको औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्किएका छन् । असार १९ देखि २३ गतेसम्म म्यानमार र २४ देखि २९ गतेसम्म चीनको भ्रमण गरेका थिए ।
कामु प्रधानसेनापति बलाधिकृत रथी पूर्णचन्द्र थापाले क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा क्षत्रीले मित्र राष्ट्र चीन र म्यानमारको भ्रमण सैनिक कुटनीतिक सम्वन्ध स्थापना गर्न सफल रहेको बताए ।
प्रधानसेनापति क्षत्रीले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, सेनाध्यक्ष जनरल मिङ युङ हलिङ र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसंग शिष्टाचार भेटवार्ता र छलफल गरेका थिए ।
त्यस्तैं, चीन भ्रमणका क्रममा चिनिया रक्षामन्त्री, सेनाध्यक्ष र चिनिया सरकारका वेष्टन सेक्टर कमाण्डरसंग पनि भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक नेतृत्वको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ ।
उच्चतहको यस भ्रमणले द्विपक्षीय हित र पारस्परिक कूटनीति सम्वन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया