छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा ४४ दिनदेखि अनसनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छिन् ।
शुक्रबार सरकारले दुई बुँदे सहमति गरेपछि जेठ १५ गतेदेखि अनसनरत गंगामाया अधिकारीले अनसन स्थगित गरेकी हुन् ।
अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् ।
जुस खुवाउनुअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया