वीरगञ्ज । एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिले आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् ।
वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशविरोधी रहेको हल्ला चलाएको बताएका हुन् ।
‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि म त मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया