धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा संसदीय समिति गठन भएको छ । पार्टीको विधानको धारा ३१ को (ग) प्रदेश कार्यसमिति बैठकले संसदीय समिति गठन गरेको हो । २१ सदस्यीय प्रदेश संसदीय समितिमा पदाधिकारी र ११ जना सदस्य रहेका छन् ।
कांग्रेस विधानमा पदाधिकारी संसदीय समितिमा पदेन सदस्य हुने व्यवस्था छ । प्रदेश सभापति वीरबहादुर बलायर, उपसभापति लोकराज अवस्थी र जनकराज चौधरी, महामन्त्री मेघराज खड्का र नरनारायण शाह ‘मनु’, कोषाध्यक्ष उत्तमबहादुर कडायत, सहमहामन्त्री, अम्बिका चलाउने र चिन्तामणि भट्ट र गोपालदत्त भट्ट समितिका सदस्य रहेका छन् ।
त्यस्तै प्रदेश संसदीय दलको नेता पनि पदेन सदस्य रहने विधानमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावल पदेन सदस्य बनेका छन् । प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश कार्यसमिति सदस्यमध्येबाट कार्यसमितिमा अनुमोदनका लागि नौ जनाको नाम प्रस्तुत गरेका थिए ।
उनले पदमबहादुर शाही, मदन गिरी, गौरीसिह बोहरा, कान्ता चन्द, पुष्प भट्ट गणेश बिष्ट, तिलक राज जोशी, झेली रानाथारु र तेजबहादुर सुनुवारको नाम प्रस्तुत गरेका थिए ।
त्यस्तै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रलाई आमन्त्रित सदस्य बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया