भगवान् बनाउने मान्छेहरु (फोटोफिचर)

हामीलाई भगवानले बनाएका हुन् । हामीले यही सुन्दै आएका छौं । 

कहिलेकाहीँ राम्रो मान्छे देखियो भने ‘यसलाई त भगवानले फुर्सदमै बनाएका रहेछन्’ भनिन्छ । 

तर हामीले वर्षौंदेखि पूज्दै आएका नाक, आँखा, मुख, शरीर सबै चिटिक्क मिलेका भगवान बनाउने मान्छे पनि छन् । 

त्यसैले भगवान मान्छे बनाउने इन्जिनियर अनि मान्छे चाहिँ भगवान बनाउने । 

भगवान बनाएरै जीवनयापन गर्ने थुप्रै कलाकार छन् हाम्रो समाजमा ।

एउटा साधारण ढुङ्गा वा काँचो माटोलाई भगवानमा परिणत गर्ने यी प्रतिभाशाली हातहरुले हामीलाई भगवानसँग साक्षात्कार गराएका छन् ।  

हामीले देख्दै, पूज्दै आएका मूर्तिहरु साँच्चै भगवान नै हुन् जस्तो अनुभूति हुन्छ । 

किनकी मूर्तिको बनावटलाई सकेसम्म कलात्मक डिजाइन दिएर आकर्षक र जीवन्त बनाएका हुन्छन् मूर्तिकारहरुले । 

यस्तै भगवान बनाउने ठाउँ छ ललितपुरको च्यासलमा । बिहान छ बजेदेखि बेलुका सात बजेसम्म अनवरत रुपमा भगवान बनाइरहेका हुन्छन् त्यहाँका कामदारहरु ।

आफ्नो मिहिनेत अनुसारको राम्रै कमाई हुने उनीहरुले बताए ।

त्यहीँ काम गर्ने राजु तामाङ भन्छन् ‘राम्ररी काम गरेको महिना ७० हजारसम्म हुन्छ ।’

भगवान बनाएर आफ्ना सन्तानलाई खाना, छाना र नानाको प्रबन्ध गर्ने यी प्रतिभा राज्यले उचित संरक्षण र चासो नदिएकोमा भने दुखी छन् । 

लोकपथको लेन्सबाट यस्तो देखियो भगवान बनाउने ठाउँ, हेर्नुहोस् फोटोफिचर :
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?