काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो।
आजको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने समेत निर्णय गरेको छ ।
बैठकमा अन्य राजनीतिक विषयमा समेत छलफल गरी प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा समेत समिक्षा भएको थियो । भने बैठकमा प्रधानमन्त्री देउवाले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया