खेलकुद मन्त्रीद्वारा नेपाली क्रिकेट टिमलाई बधाई

लोकपथ
196
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।

नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् ।

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जालमार्फत खेलाडीहरुलाई बधाई दिएका थिए ।

मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेखेका छन्, ‘त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?