काठमाडौं । नेपाल प्रहरीका सातजना प्रहरी नायव महानिरीक्षक (डीआइजी) र दुईजना बरिष्ठ प्रहरी उपरीक्षक (एसएस्पी) गरी ९ जना उच्चअधिकृतहरुले आजबाट अवकास पाएका छन् ।
उनीहरुले ३० वर्षे सेवाअवधिका कारण अवकास पाएका हुन । अवकासमा जाने उच्च प्रहरी अधिकारीहरुले नेपाल सरकारले आफूमाथि अन्याय गरेको गुनासो गरेका छन् ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागका अनुसार, अवकास पाउने डिआइजीहरुमा उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, रविन्द्रप्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्का र एसएस्पीहरुमा श्यामबहादुर खत्री र मोहनराज जोशी छन् ।
एसएस्पी श्याम खत्री सुनकाण्ड लागेका अभियुक्त हुन । उनी निलम्वनमा थिए । त्यस्तै जोशी प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख थिए ।
२०४५ साल असार २९ गते खुला प्रतिष्पर्धाबाट प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेकाहरु मध्ये धेरैजसोले आफूहरु अन्यायमा परेको गुनासो गरेका छन् ।
प्रहरी नेतृत्वले विगतको बढुवा प्रक्रियामा अनियमितता गर्नुका साथै सरकारले समेत एआइजी दरवन्दी घटाएर सक्षम र सवल उच्चअधिकृतलाई घर जाने वातावरण तयार पारेको आरोप उनीहरुको
। एसएस्पीबाट अवकास पाएका जोशीले आफूमाथि घोर अन्याय भएको गुनासो पोखेका छन् ।
खुला प्रतिष्पर्धाबाट प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्दा पनि डिआइजीसम्म नभएर एसएस्पीबाट अवकास लिने आफू प्रहरी संगठनको इतिहासमा पहिलो ब्यक्ति भएको दुखेसो पोखेका छन् ।
खुला प्रतिष्पर्धाबाट प्रहरी निरीक्षक बन्ने अधिकांस प्रहरी अधिकारीहरु डिआइजी, एआइजी र आइजीपीसम्म बन्छन । तर, प्रहरी सेवामा पहिला नै जवान र असईमा भर्ना भइ पछि प्रहरी निरीक्षकमा भर्ना भएकाहरु उमेर हद र सेवा अवधिका कारण अवकास पाउने गर्छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया