बन्न नपाउँदै भत्किने भयो वाम गठबन्धन, बाबुराम सूर्य चिन्हमा चुनाव नलड्ने

काठमाडौं, २७ असोज– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिपार्टीबीच बनेको चुनावी बाम गठबन्धन भत्किने खतरा उत्पन्न भएको छ ।आगामी निर्वाचनमा नयाँ शक्तिले चित्त बुझ्दो सिट नपाउने देखिएको तथा बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर दुईमा उठ्न नदिने रणनीतिमा नेकपा माओवादी केन्द्र लागेपछि सो पार्टी गठबन्धनबाट बाहिरिने तयारीमा रहेको स्रोतले बताएको छ ।स्रोतका अनुसार सो सँगै अब नयाँ शक्तिले एमालेको सूर्य लिएर चुनाव नलड्ने तयारी समेत गरेको छ । स्रोतका अनुसार एमाले र माओवादी केन्द्र गम्भीर नभए केहि दिनमै औपचारिक रुपमा गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नयाँ शक्ति आफ्नै आँखा चिन्हमा चुनाव लड्नेछ ।यही विषयमा छलफल गर्न बसेको नयाँ शक्ति पार्टी नेपालको संघीय सचिवालयको विस्तारिक वैठकमा उपस्थित अधिकांश सदस्यले पनि नेतृत्वले सम्मानजनक हैसियत नपाए गठवन्धनमा नजान सुझाव दिएका छन् । यस्तै सूर्य भन्दा आफ्नै पार्टीको आँखा चुनाव चिन्ह लिएर जान पनि सदस्यहरुले सुझाएका छन् ।बैठकमा पार्टी संयोजक बाबुराम भट्टराईले वाम गठवन्धनमा भएको छलफल र प्रगतिबारे जानकारी सहित सुझाव मागेका थिए । नयाँ शक्तिले बाम गठबन्धनमा १५ सिट पाउनुपर्ने दाबी गर्दै आएको छ भने भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने प्रस्ताव राखेका छन् । तर, सिटबारे कुनै छलफल नभएको तथा गोरखामा पनि भट्टराईलाई रोक्न माओवादी लागिपरेपछि उनी रुष्ट बनेको बताइएको छ ।भट्टराईले सार्वजनिक रुपमा आफू गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । यस्तै सोहि क्षेत्रमा माओवादीले नारायणकाजी श्रेष्ठलाई अघि सारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?