तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १ को वडाध्यक्षमा युवा नेता आकाश भन्डारीले उम्मेदवारी घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसको तर्फबाट स्थानिय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पछिल्लो समय युवाहरुले देशका धेरै स्थानमा उम्मेदवारी घोषणा गरिरहेका छन् । वडाको चौतर्फी विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा विकाश गर्ने योजनाकासाथ उम्मेदवारी घोषणा गरेको भन्डारी बताउछन् । उमेरले २५ वर्ष पुगेका भन्डारीले स्वास्थ्य र शिक्षामा विकाश गर्ने योजनालाई नै आफ्नो एजेण्डा बनाएका छन् ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १ लाई समृद्ध वडा बनाउने आफ्ना चाहना रहेको भन्डारीको भनाई छ । यसका लागी युवाहरुको सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको उनले प्रष्ट पारेका छन् ।
नेविसंघ ज्ञानदिप कलेजका पुर्व सभापतिसमेत रहेका भन्डारी मस्टर्स डाग्रीको अध्ययन गरिरहेका छन् । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका १ नम्बर वडा समितिले सम्भावित ८ जना उम्मेदवारलाई सफारिश गरेको छ ।

गत शुक्रबार बसेको पार्टीको वडा समितिले अध्यक्षको उम्मेदवारकालागि भण्डारीसँगै लोकराज भुषाल, फल्कुदत्त भण्डारी, चुडामणी ढकाल, रेशम राणा, हरि भट्टराई, मनिराम भन्डारी र शोभाकर सापकोटा र निर्मल कुमार आचार्यको नाम सिफारिश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया