सबैभन्दा ठूलो मतपत्र काठमाडौंको, सानो डोल्पाको

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र नमूना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?