काठमाडौंको बूढानीलकण्ठमा एक ५० फिट गहिरो इनारमा महिला खस्न पुगेकी छन् । सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोक बस्ने ४५ वर्षीया पेमा शेर्पा सोमबार इनारमा खसेकी थिइन् ।
प्रहरी प्रधान कार्यालय विपत व्यवपन महाशाखा सामाखुशीबाट खटिएको उद्दार टोलीले सकुशल उनको उद्दार गरेको छ ।
निजलाई उपचारको लागि बूढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित करुणा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनी बोल्न सक्ने अवस्थमा छिन् । यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया