हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ।
यस्तै प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरुमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया