१. जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, भौतिक निर्माण र पूर्वाधार विकासको काम गर्दा वातावरणको संरक्षणमा जोड दिन आग्रह ।
२. पाँचदलीय गठबन्धन दुई दिनको खेल भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउने प्रतिक्रिया ।
३. लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, विगतको सरकारले प्रतिगमन निम्त्याएको र अहङ्कारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको उल्लेख ।
४. प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आरोप, भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको भन्दै प्रधानमन्त्रीको चर्काे आलोचना ।
५. विगतमा ठूलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको राप्रपा नेपालका अध्यक्ष कमल थापाको स्वीकारोक्ति, विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचा ।
६. केन्द्रको सर्कुलरअनुसार आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्न देशभर छलफलमा जुटे गठबन्धनमा आबद्ध दलहरू, विवाद चर्चामा रहेको चितवनमा पनि तालमेल गर्ने निर्णय ।
७. नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच भएको वार्तापछि पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज, अब इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नु नपर्ने ।
८. नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) सिफारिस गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ निरन्तर पर सर्दै, बढुवाविरुद्ध ३ डीआईजीले दिएको रिट आज पनि हेर्न नमिल्ने सूचीमा ।
९. मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगको भनाइ, अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले आजदेखि सक्कली मतपत्रको छपाइ कार्य सुरु हुँदै ।
१०. नेकपा एमाले एक्लै चुनावमा होमिन तयार रहेको उपाध्यक्ष रामबहादुर थापा बादलको भनाइ, स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी ।
११. पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ५९ परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना कोराना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ८ सय ४२ मा झर्यो ।
१२. श्रीलंकामा आर्थिक सङ्कट चुलिँदै, २६ मन्त्रीहरूसहित केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा, देशभर सर्वसाधारणहरूद्वारा प्रदर्शन ।
१३. अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु, १२ जना घाइते, घटनाबारे अनुसन्धान हुँदै ।
१४. दिपेन्द्र सिंह ऐरी बने टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली क्रिकेटर, दिपेन्द्रपछि ७ सय ९९ रनसहित पारस खड्का दोस्रो स्थानमा ।
१५. र, अपराजित रहँदै नेपालले चुम्यो त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि, पीएनजी ५० रनले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया