नयाँ दिल्ली– भारतीय दूरसञ्चार समितिले इन्टरनेटबाट आउने विषयमा सेवा प्रदायकलाई सेवामा विभेद गर्न सक्ने कम्पनीको सुविधालाई अन्त्य गरी सबै ग्राहकलाई समान सेवा दिने प्रावधानसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको समितिका अधिकारीहरूले जनाएका छन् ।
यसले इन्टरनेटका सम्पूर्ण ग्राहकलाई समान गतिको सेवाको सुनिश्चितता गरेको छ । नयाँ प्रावधानअनुसार दूरसञ्चारअन्तर्गतका सबै कम्पनीले सेवालाई रोक्ने, गति सीमित गर्ने वा उच्च गति दिने अवस्थामा परिवर्तन हुनेछ अर्थात् सबैलाई समानस्तरको सेवा उपलब्ध हुनेछ ।
नेटमा तथस्टता भनेको सेवा प्रदायकले इन्टनेटका सबै गति समान र समान मूल्यका हुनु हो । यस प्रावधान कार्यान्वयनमा आएपछि इन्टरनेट सेवा प्रदायक संस्था वा कम्पनीले इन्टरनेट प्रयोगकर्तालाई हेरी गति ढिलो पार्ने वा छिटो बनाउने काम अवैध हुनेछ, अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया