नेकपा क्रान्तिकारी माओवादीबाट केन्द्रीय सदस्य गुरुङ निष्काशित

लोकपथ
959
Shares

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रीय सदस्य कृष्ण गुरुङ निष्काशनमा परेका छन् ।

पार्टीमा लामो समयसम्म सम्पर्कमा नरहेको तथा अनुशासनहीन गतिविधिमा संलग्न रहेकाले उनलाई पार्टीबाट निष्काशन गरिएको महासचिव मोहन वैद्यले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई कार्यालयबाट भेटेर कुरा गर्न खोज्दा भेट गर्न नचाहेको र आफैले विपक्षी पार्टीमा जानेबारे छलफल चलाएको स्वीकारेकाले पनि कारबाही गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हाम्रो पार्टीका केन्द्रीय समितिका सदस्य कृष्ण गुरुङ लामो समयसम्म पार्टीको सम्पर्कमा नरहेको, अनुशासनहीन गतिविधिमा संलग्न रहेको, पार्टीभित्र गुटबन्दी गरी अन्य विपक्षी पार्टीमा जान कुरा चलाएको, कार्यालयबाट भेटेर कुरा गर्न खोज्दा भेट गर्न नचाहेको र उहाँ आफैले विपक्षी पार्टीमा जानेबारे छलफल चलाइरहेको कुरा स्वीकार गरेको हुनाले उहाँलाई पार्टीको केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको छ’, वैद्यको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?