लेन मिच्नु भो ? घरमै फोन आउँछ

काठमाडौं।तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गर्नुहुन्छ वा हुन्न ? तर, अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस गर्नुस्, तपाईंको घरमा नै फोन बज्नेछ ।
ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको हो । यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको छ ।
महाशाखाका प्रमुख वसन्त पन्तले लेन अनुशासनको पालनामा जोड दिन र सवारी दुर्घटना कम गर्न उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखिएको बताए । सो भेकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारीको अवस्थाको रेकर्ड राख्न सक्ने विशेष किसिमको रहेको उनले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?