काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी डाकमान गुरुङ पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार इलाम जिल्लाको साबिक सन्दकपुर गाउँपालिका वडा नं. ४ भोटेगाँउ घर भई हाल काठमाडौको तार्केश्वर नगरपालिका वडा नं.५ लोलाङ बस्ने वर्ष ४२ का डाकमान गुरुङलाई पक्राउ गरिएको हो ।
प्रतिवादी गुरुङले प्रभु बैंक लिमिटेड सिनामंगल, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ फागुन २९ गते गुरुङउपर बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १५ लाख रुपैयाँ जरिवाना र तीन दिन कैदको फैसला भएको थियो ।
सोपश्चात् फरार रहेका गुरुङलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आइतबार काठमाडौंको बौद्धबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया