काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । आइतबार बैंकको केन्द्रीय कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकाेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन् ।
“कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकार राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बताइएको छ । ग्राहकहरुले वेवसाइट www.mahalaxmibank.com मार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गर्न सक्नेछन् ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया