काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १ सय ६९ रन पूरा गरेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । करण केसीले अविजित रहँदै ३३ रन बनाए ।
नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको छ । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदै फाइनल पुगेको हो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया