काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालको एक सय रन पूरा भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ५ विकेट गुमाउदै एक सय रन पूरा गरेको हो । नेपालका कुशल, रोहित, दिलिप नाथ र आशिफ आउट भएका छन् । नेपालले १४.४ ओभर सकिदाँ ५ विकेट गुमाउदै १ सय ३ रन बनाएको छ ।
नेपाल र पीएनजी दुवै टोली उपाधि चुम्ने योजनासहित मैदान उत्रेकाछन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको छ । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदै फाइनल पुगेको हो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया