पोखरा । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।
चापाकोट नगरपालिका-८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो ।
स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुको उपचार पाल्पामा भइरहेको छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया