काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालको ५० रन पूरा भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले २ विकेट गुमाउँदै ५० रन पूरा गरेको हो । नेपालका कुशल र रोहित आउट भएका छन् । नेपालले ६ ओभर सकिँदा २ विकेट गुमाउदै ५१ रन बनाएको छ ।
नेपाल र पीएनजी दुवै टोली उपाधि चुम्ने योजनासहित मैदान उत्रेका छन्। नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको छ । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदै फाइनल पुगेको हो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया