नेकपा सांसद नविना लामाले छुटाइन् गुण्डा नाइके

काठमाडौं– पक्राउ परेका गुण्डा नाइकेलाई नेकपाकी सांसद नविना लामाले छुटाएकी छन् । गुण्डा नाइके सत्यमान लामालाई सांसद लामाको दवावमा शुक्रबार  महानगरीय प्रहरी परिसर काठमाडौंले रिहा गरेको हो ।
बिहीबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका सत्यमानलाई लामाको  दवावपछि  उनकै  जिम्मा लगाएर प्रहरी पठाएको हो ।  

सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन

कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको भएपनि रिहा गरिएको हो ।

नबिना र सत्यमानबीच दाइ–बहिनीको सम्बन्ध रहेको बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?