नेपाललाई दोस्रो झट्का, कुशल र रोहित आउट

लोकपथ
553
Shares

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालको दोस्रो विकेट पतन भएको हो । नेपालका लागि कुशल भुर्तेलले २५ रनको योगदान गर्दै ४ ओभरको अन्तिममा आउट भए । त्यस्तै रोहितले २ रन जोड्दै आउट भएका छन् । नेपालले ५.५ ओभर सकिँदा २ विकेट गुमाउँदै ४४ रन बनाएको छ ।

नेपाल र पीएनजी दुवै टोली उपाधि चुम्ने योजनासहित मैदान उत्रेका छन्। नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको छ । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदै फाइनल पुगेको हो ।

पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?