९ चैत्र २०७९, बिहीवार

मोटरहेडले ल्यायो ‘स्क्रयाच एण्ड क्याच द क्यास अफर’, बाइक खरिदमा एक लाखसम्म छुट

२०७८,चैत्र,२१,सोमवार १२:४१

207
Shares

काठमाडौं । नव वर्ष २०७९ लाई लक्षित गर्दै एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘स्क्रयाच एण्ड क्याच द क्यास अफर सार्वजनिक गरेको छ ।

उक्त अफरअन्तर्गत मोटरहेडका बाइकहरु खरिद गर्ने सम्पूर्ण ग्राहकको लागि ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म स्क्र्र्याच गरी छुट पाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । अफर अवधिभर बाइक खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली बिजेतालाई २ लाख ७ हजार ९ सय रुपैयाँ प्रदान गरिने कम्पनीको भनाइ रहेको छ ।

देशभर रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ । सिधै नगद छुटभन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु छन् । १७ वटा मुख्य सहरहरुमा सेल्स, सर्भिस, स्पेयरको सुविधासहित डिलर छ । साथै बिक्रीपछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारिक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ ।

हाल मोटरहेडका बाइकहरु ३ लाख ५ हजार रुपैयाँदेखि अधिकतम ४ लाख ५५ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । सबैको पहुचमा रहेको मोटरहेड बाइकको यहि मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पनीले जनाएको छ ।

उक्त अफर चैत १५ गतेदेखि सुरुवात भइ २०७९ वैशाख ३१ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति: २०७८,चैत्र,२१,सोमवार १२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम सम्बन्धी एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । विदेशी मुद्रा कारोबार गर्ने सम्पुर्ण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक १८ दशमलव १५ अंकले गिरावट आएको छ । केही दिनयता घटेको बजार १

काठमाडौं । बुधबार गिरावट आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । बुधबार १ लाख ७ हजार ८ सयमा कारोबार

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००