नुवाकोटमा स्थानीय निर्वाचन : तामलेम गर्न छलफलमा जुटे गठबन्धनमा आबद्ध दलहरु

लोकपथ
3k
Shares

काठमाडौं । केन्द्रमा गठबन्धन गरिरहेका सत्तारुढ दलहरुले जिल्ला र स्थानीय तहमा तालमेल गरेर अघि बढ्न छलफललाई तीव्रता दिएका छन् ।

गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलगायतका दलहरु स्थानीय तहमा तालमेलका लागि छलफलमा जुटका छन् ।

निर्वाचनमा गठबन्धन गरेर अघि बढ्न केन्द्रको निर्देशनअनुसार जिल्ला तहमा नेताहरु छलफलमा जुटेका हुन् । सो क्रममा नुवाकोटमा पनि गठबन्धनमा आवद्ध दलहरु तालमेल गरेर अघि बढ्न छलफलमा जुटेका छन् ।

आइतबार गठबन्धनमा आबद्धका अध्यक्ष एवं संयोजकहरुको बैठक बसी आवश्यक छलफल गरेका छन् । भने सोमबार (आज)का लागि पालिका अध्यक्षहरुको भेला बोलाएका छन् ।

कांग्रेस जिल्ला सभापति रमेशकुमार महत, एकीकृत समाजवादीका अध्यक्ष गोविन्द नेपाली, माओवादी केन्द्रका संयोजक पुष्प लामिछाने र जनता समाजवादीका अध्यक्ष ईश्वर कुमार राउतले भेटघाट गरी आवश्यक छलफलका लागि पालिका प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।

संयुक्त बैठकले आज गाउँ नगरपालिकाको गठबन्धन दलका प्रथम बैठक नेपाली कांग्रेसको सभापतिको संयोजकत्वमा बस्ने र त्यसपछि अन्य दलहरुको सभापतित्वमा बैठकहरु बसी थप निर्णय गर्ने सहमति भएको बताइएको छ ।

त्यसैगरी आज बोलाइएको बैठकमा वडा र स्थानीय तहको गठबन्धनका सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितीबारे बृहत् छलफल गरी सत्ता गठबन्धनको प्रतिवेदन २०७८ चैत २३ गतेभित्र सार्वजनिक गर्ने समेत आइतबारको बैठकले गरेको छ ।

‘स्थानीय तह निर्वाचनका सम्बन्धमा गठबन्धन दलको पालिका प्रमुखहरुको बैठक मिति २०७८ चैत्र २१ गते बसी वडा र स्थानीय तहको गठबन्धन सम्बन्धमा रानजीतिक अवस्था र वस्तुस्थिति बारे बृहत् छलफल गरी सत्ता गठबन्धन दलको संयुक्त प्रतिवेदन २०७८ चैत्र २३ गतेभित्र गठबन्धन दलको जिल्ला कार्यालयमा उपलब्ध गराउने निर्णय गरियो’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

केन्द्रमा सरकारको नेतृत्वको गरिरहेको गठबन्धनका दलहरुले आगामी स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमती भएसँगै जिल्ला र स्थानीय तहमा समेत त्यसबारे छलफल थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?