काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा चितवनमा गठबन्धनमा आबद्ध दलहरु तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ ।
गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तालमेल गरेर अघि बढ्ने सहमति भएको हो ।
सोमबार बसेको गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठकले जिल्लामा रहेका ७ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने सहमती भएको हो ।
‘आसन्न २०७८ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा केन्द्रीय गठबन्धनमा रहेका चितवनमा क्रियाशील राजनीतिक पार्टीका नेतृत्वहरुबीच आज संयुक्त बैठक बसी जिल्लास्थित ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरियो’, जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी जिल्लाका ७ वटै पालिकामा गठबन्धनमा आबद्ध दलहरुबीच संयुक्त बैठक बसी चुनावी तालमेल गरी संयुक्त संयन्त्र निर्माण गरी छल फल प्रक्रिया अघि बढाउने समेत निर्णण भएको छ ।
त्यस्तै संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेस पालिका सभापतिहरुले गर्ने निर्णय भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी स्थानीय केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १र१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत भएको छ ।
केन्द्रमा सरकारको नेतृत्व गरिरहेका सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले आगामी स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । त्यसैअनुसार जिल्ला र स्थानीय तहमा नेता कार्यकर्ताहरु तालमेलका लागि छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया