पुराना सहकर्मी भेटेपछि बाबुरामले भने, ‘नलाऊ माया दुईतिर…’

लोकपथ
1.3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना सहकर्मीहरुसँग भेटघाट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै डा. भट्टराईले माओवादी केन्द्रमा रहँदाका सहकर्मीहरुसँगको पुराना दिनको स्मरण गरेका छन् ।

एयरपोर्टमा माओवादी केन्द्रका नेता वर्षमान पुन र हाल राप्रपा नेतृ एवं नायिका पहिले माओवादी निकट मानिने रेखा थापासँग जम्काभेट भएपछि तस्बिरसहित तीन तिर हुन परेको बताएका छन् ।

डा. भट्टराईले नेपाली चर्चित गीत नलाउ माया दुईतिर भन्ने गीत स्मरण गर्दै आफूहरु उक्त गीत गाउँदै हिडे पनि तीन तिर हुन परेको बताए ।

भट्टराईले भनेका छन्, ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट १
‘नलाऊ माया दुइतिर।।।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो १ ’

नेपालमा १० वर्षे सशस्त्र द्न्द गरेको माओवादी केन्द्रको तत्कालिन समयमा प्रमुख नेता थिए बाबुराम । पछि भट्टराईले माओवादी छोडेर नयाँ शक्ति पार्टी निर्माण तिर लागे । पछि नयाँशक्तिलाई तराई केन्द्रीत दलहरुसँग तालमेम गर्दै हाल जनता समाजवादी पार्टीमा रहेका छन् । भने अभिनेत्री समेत रहेकी राप्रपा नेतृ रेखा थापा पहिले माओवादी केन्द्रमा रहेकी थिइन् । यता वर्षमान पुन भने माओवादी केन्द्रमा नै रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?