काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदै छ । नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले आज पीएनजीको सामना गर्न लागेको हो । नेपाल र पीएनजी दुवै टोली उपाधि चुम्ने योजनासहित मैदान उत्रनेछन् ।
नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको छ । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा कायम रहँदै फाइनल पुगेको हो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया