१८ चैत्र २०७९, शनिवार

कृषकलाई अलैँची टिप्ने चटारो

२०७४,आश्विन,२७,शुक्रवार ०८:५५

0
Shares

– सन्देश पौडेलबेँसीशहर, लमजुङ, २७ असोज ।दशैँ सकियो, तिहार आउँदैछ तर पनि छिनखोलामा चाडपर्वको खासै चहलपहल छैन । अलैँची पाकेपछि किसानलाई टिप्न, छोडाउन र सुकाउन भ्याईनभ्याई छ ।अन्यत्र बडादशैँ, तिहारलगायतका चाडपर्वको रमझम छ । अलैँची किसानलाई भने अलैँची व्यवस्थापन गर्दा फुर्सद नै छैन । “खै सबैतिर दशैँ र तिहारको रमझम छ, हामीलाई त चाड मान्ने पनि फुर्सद छैन” अलैँची कृषक चितारी तामाङले भनीन, “हामी त कहिले बगान कहिले भट्टी अनि कहिले घर ।”चितरीमायालाई आजभोलि बिहानदेखि नै हतार हुन्छ । डोको, छुरी, लिएर जंगल कुद्ने । दिनभरि अलैँची बगानमा । साँझतिर घर फर्कने । अलैँची टिप्ने चटारोले घरमा आउनेजानेसँग गफगाफ गर्ने फुर्सद छैन ।“खेताला पाउन मुस्किल छ, सबैको अलैँची टिप्ने बेला छ,” तामाङले भनीन ।लेकाली क्षेत्रका किसानको दैनिकी यस्तै हो । दशैँ सकिएलगत्तै किसान यतिबेला अलैँची व्यवस्थापनमा व्यस्त छन् । माथिल्लो भेगका किसान बिहान उठ्नेबित्तिकै बगान जान्छन् । साँझ परेपछि अलैँचीले भरिएको धोक्रो बोकेर घर फर्कन्छन् ।अलैँची टिप्ने, छोडाउने र सुकाउने गर्नुपर्दा कृषकलाई भ्याईनभ्याई भएको हो । कतिपयले गाउँमै ल्याएर छोडाउने सुकाउने गर्छन् । कतिपयले भने जंगलमै छोडाउने र सुकाउने गरेका छन् । बगानमै भट्टी हुने किसानको घर बिहानदेखि साँझसम्म सुनसान हुन्छ ।दिनभरि टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैँची किसानलाई फुर्सद छैन । समयमै अलैँची नटिपे ढुसी लागेर बिग्रने हुँदा कृषकले चाडपर्व पनि राम्रोसँग मनाउन पाउँदैनन् ।“जसोतसो दशैँ त मानियो”, छिनखोलाकै अर्का कृषक सुनराम तामाङले भने, “तिहारसम्म त अलैँची थन्क्याउन चटारो छ ।”अलैँची टिप्ने याम भएकाले शहर झरेकाहरु पनि गाउँतर्फ लागेका छन् । चाडपर्व मनाउन छोडेर कृषक अलैँची टिप्ने र सुकाउने कार्यमा तल्लिन भएका हुन् ।“अरु दशैँ मान्न गाउँ फर्कन्छन्”, छिनखोलाकी रीना तामाङले भनीन, “मचाहिँ अलैँची थन्क्याउन गाउँ आएको हो ।” अध्ययनसँगै बेँसीशहरमा रोजगारी गर्दै आउनुभएकी तामाङले सात रोपनीभन्दा बढी जग्गामा अलैँची लगाएको र त्यो टिप्न भ्याईनभ्याई भएको बताइन ।अलैँची टिप्ने चटारोले गर्दा नै दशैँ राम्रोसँग मनाउन नपाएको क्वहोलासोथारका कृषक ईश्वरबहादुर गुरुङ बताउछन । “उचाइअनुसार अलैँची टिप्ने याम फरक फरक हुन्छ”, गुरुङले भने, “असोज लागेदेखि नै हामीहरु अलैँची टिप्न व्यस्त छौँ ।”जिल्लाको भुलभुलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गांँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखामा व्यावसायिक अलैँची खेती छ । अलैँची व्यवसायी महासंघका अनुसार गत वर्ष जिल्लामा ८२१ क्विन्टल अलैँची उत्पादन भएको थियो । सो उत्पादनबाट रु १४ करोडभन्दा बढी रकम आम्दानी भएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने अपेक्षा गरेको तामाङको भनाइ छ । तर पछिल्ला वर्षमा अलैँचीको मूल्यमा आएको कमीले किसानलाई निराश तुल्याएको छ । पछिल्ला समय जिल्लाका कृषकले उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन घोषणा गरिएको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०८:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८